Todays Horoscope

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesचिताएका काम बन्नाले उत्साह जाग्नेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। संघर्ष गरेरै क्षेत्राधिकार स्थापित गर्न सकिनेछ। द्वेष गर्नेहरूले हार खानेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउने हुँदा आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। निराश नहुनुहोला, केही समय पर्खंदा स्थितिमा सुधार आउने देखिन्छ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। नजिकका साथीभाइ टाढिन सक्छन्। आफन्तसँग असमझदारी बढ्न सक्छ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने मौका छ। प्रशस्त धन आर्जन हुनेछ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा पनि फाइदा हुने योग छ। प्रतिस्पर्धी परास्त हुनेछन्। सहयोगीहरूको साथ जुट्नाले चिताएको काममा सोचेजस्तै सफलता प्राप्त हुनेछ। मानसम्मान पाइनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसजिलै काम बन्नाले उत्साह जाग्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष समारोहबीच मान-सम्मान प्राप्त हुन सक्छ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपहिलेको सफलताले हौसला मिल्नुका साथै नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraफाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioधेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट लाभ हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा फाइदा उठाउन सकिनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यावसायमा खर्च बढ्नेछ। नियमको पालना गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको कामले उत्साह जगाउनेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला। 
It is not killin S.gif worthless skin when the skin transplantation is not possible, doctors said. Now these girls have finally come S.gif infection to prevent and stop the blood emitted moscaraijarako must be used to soften. Agency - 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविभिन्न अवसर प्राप्त हुनेछन्। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। मनग्य आम्दानी बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।

Previous
Next Post »